गुण्डा नाइके डेभिडबाट अपहरणमा परेकी अर्की युवतीको बयान : ‘बन्दी बनाएर ५ लाख मागियो’

दियो पोस्ट  

काठमाडौं, १२ कार्तिक । अपहरण तथा शरिर बन्धक अभियोगमा पक्राउ परेका मलेशियामा कार्यरत नेपाली गुण्डा नाइके डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठले नेपाली युवतीमाथि चरम शोषण गर्ने गरेको पाइएको छ ।


भारतको दार्जलिङ घर भएकी रोजा तामाङले आफूमाथि मलेशियामा रहँदा गुण्डा नाइके डेभिड र उनकी पत्नि मायाँ श्रेष्ठले बन्धक बनाएर फिरौती मागेको समेत आरोप लगाएकी छिन् ।

‘सन् २०१९ नोभेम्बर ९ देखि म काममा लागेँ । तर २०२० सेप्टेम्बरसम्म मलाई एक पैसा तलब पनि दिएनन् । दिनरात काम गरेँ । एक दिन पनि विदा थिएन । विरामी हुँदा आफ्नै पैसाले उपचार गर्नु पर्थ्यो । पैसा माग्दा मलाई उनीहरुले ४० हजार रिंगेट जरिवाना तिर्नुपर्ने आरोप लगाए,’ उनले भिडियो मार्फत भनेकि छिन्,‘डेभिड आनन्द भन्ने तामिल केटाले मलाई धम्की दिएर जेलमा हाल्नु भन्यो ।’
डेभिडकी श्रीमति माया श्रेष्ठको मिलेमतोमा आफूलाई लामो समयसम्म अपहरण गरि बन्धक बनाएको समेत उनको अरोप छ ।

‘उनीहरुले मलाई गल्स होष्टलमा थुनेर पनि राखेको थियो । पासपोर्ट माग्न जाँदा उनीहरुले मलाई थुनेका थिए । पासपोर्ट माग्दा पनि चार पाँच लाख रुपैयाँ दे भन्दै फिरौती मागेर थुनियो । आफ्नै पासपोर्ट माग्न जाँदा पनि मलाई ३ दिनसम्म बन्दी बनाएर राखेको थियो । फोन पनि कब्जा गरेको थियो । उनीहरुले मलाई अपहरण गरेर राखेको थियो । घरका मान्छेहरुले मेरो बोसलाई फोन गरेपछि मात्रै डेभिडकी श्रीमति माया म्यामले मेरो फोन दियो,’ उनले भनेकी छिन्,‘फोन पाउने वित्तिकै मैले भारतीय दूतावासलाई म्यासेज गरेँ । ‘मलाई बन्दी बनाएर राखेको छ । मेरो पासपोर्ट र भिषा दिएको छैन,’ मैले प्रहरीलाई यस्तो रिपोर्ट गरेपछि प्रहरी कर्मचारी आउनुभयो । प्रहरीले लक खोलेपछि मलाई थानामा लग्यो । थानामा मलेशियन भाषामा कुराकानी भयो । तर के कुरा भयो मैले थाहा पाउन सकिनँ । चार घण्टापछि प्रहरी कर्मचारीले मलाई मेरो पासपोर्ट, मेरो फोनहरु दिलाउनु भयो । म भारतीय दूतावास गएँ । दूतावासले इमरजेन्सी हवाई टिकट उपलब्ध गरायो । र म त्यसरी दार्जलिङ फर्किएँ ।’


उनले आफूले उक्त कम्पनिमा रहँदा चरम शोषण व्यहोरेको बताइन् । ‘नेपाली कर्नर कम्पनि भन्ने निकै खराब छ । हामी १८ घण्टा काम गथ्र्यौं । एकदिन पनि छुट्टि दिएन । यो कम्पनि कहिल्यै पनि विर्सन सक्दिनँ । यदि मैले त्यतिबेला प्रहरीलाई खबर नगरेको भए उनीहरुले मलाई मार्न पनि सक्थे होला,’ उनले भनिन्,‘मलाई शारिरक यातना पनि हुन सक्थ्यो । त्यहाँ हामी जस्तै का मगर्ने नेपालीहरु पनि छन् । तर उनीहरु बोल्न सक्दैनन् । म मायाँ श्रेष्ठ, डेभिड आनन्द र दुर्गा बहादुर श्रेष्ठलाई कहिल्यै विर्सन सक्दिनँ । उनीहरुले मेरो तलब मासिक १८ सय रिंगेट दिन्छु भनेर काममा लगाए तर, एक पैसा पनि दिएनन् ।’

डेभिडलाई गत असोज १३ गते सिआइबीले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको थियो । डेभिडद्वारा सञ्चालित नेपाली कर्नर नामक रेष्टुरेन्टमा काम गर्ने दाङको पहरुवा घर भएका मध्म रैदासलाई अपहरण गरि १५ लाख रुपैयाँ फिरौती नेपालबाट असुली गरेको पाइएको थियो । अपहरणमा उनकी श्रीमति धनमाया श्रेष्ठ समेत समलग्न रहेको सिआइबीको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित खबर