खुट्टा छिनालिएको घटनामा ३३ युवा पक्राउ, गम्भिर घाइते कुमार विकलाई भारत लगियो !

दियो पोस्ट  

काठमाडौं, १२ कार्तिक । दाङको तुलसीपुरका कुमार विकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न दाङ प्रहरीले ३३ जनालाई पक्राउ गरेको छ ।


तुल्सिपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक सोमबार गोलौरीमा खुट्टा छिनालिएको अवस्थामा फेला परेका थिए ।

एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुने गरि काटिएको अवस्थामा विकलाई प्रहरीले मध्यरातमा उद्धार गरि अस्पताल पुर्‍याएको थियो।

सोही घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जनाएका छन् ।

घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो।

त्यहाँबाट पनि घाइतेलाई मंगलवार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ।

अत्याधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर छ।

गोलौरी गाउँमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका विकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले सांघातिक आक्रमण भएको थियो।

सम्बन्धित खबर