काठमाडौंका सिडिओ जनक दाहाल दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि

काठमाडौंका सिडिओ जनक दाहाल दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कार्तिक । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो ।
दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन् ।

उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन ।

Trending News