बनेपा। काभ्रेको धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।
काठमाडौँ सिनामंगलका ७२ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा शनिबार विहान ७ः२१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक ६ गते उपचारका लागि धुलिखेल अस्पताल भर्ना भएका थिए। उनमा कोरोनाका साथै निमोनिया समेत भएको अस्पतालले जनाएको छ । काभ्रेमा हालसम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । जसमा काभ्रेका २१ जना र काभ्रे बाहिर अन्य जिल्लाका १२ जना रहेका छन् ।