काठमाडौं, १५ कार्तिक । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता शुरु भएको हो । पार्टी भित्र देखिएको विवाद समाधान गर्नका लागि छलफल केन्द्रीत रहने स्रोतले जनाएको छ ।
गत कार्तिक ३ गतेदेखि बोलचाल समेत नगरेका अर्का अध्यक्ष प्रचण्डलाई ओली निकट नेताहरुले मनाएका थिए । कर्णाली प्रदेशको मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रधानमन्त्री ओलीको रअ प्रमुखसँग रहस्यमयी भेट, मन्त्रिपरिषद पुनर्गठन र पर्सा घटनाको विषयमा विवाद भएको थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेट्न पटक पटक बोलाएपनि प्रचण्ड बालुवाटार जान अस्विकार गर्दै आएका थिए ।