सोमबारको कान्तिपुर दैनिक : प्रधानन्यायाधीशले मागेको भागबण्डाको पुरा समाचार गायब !

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन १८, २०७८ | १६:५९:३१

काठमाडौं । कान्तिपुर पब्लिकेशन लिमिटेडद्वारा प्रकाशित कान्तिपुर दैनिकको सोमबार प्रकाशित पत्रिकामा एउटा पेज नै गायब भएको छ ।

आफ्ना ग्राहकलाई घर–घरमा पुर्याइएको सोमबारक अर्थात असोज १८ को दैनिक पत्रिकामा पेज नम्बर १२ गायब भएको हो । आज प्रकाशित पत्रिकाको १२ नम्बर पेजमा गत असार ८ गतेको पत्रिकाको पेज सामेल भएका छन् ।
आज कान्तिपुरले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरालाई पनि मन्त्रीलाई भागबण्डा गरिएको खबर ब्यानर न्युज बनाएर प्रकाशन गरेको थियो । उक्त समाचारको बाँकी भाग पेज नम्बर १२ मा उल्लेख भएको बताइएपनि पेज नम्बर १२ मा गत असार ८ गतेको समाचार र विज्ञापन रहेको देखिएको छ ।

 

 

यस विषयमा प्रतिक्रिया लिन कान्तिपुर दैनिकको कार्यालयमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आज ‘सिस्टमको कारण’ यस्तो भएको बताए । ‘आज सबैले यस्तो गुनासो गर्नुभएको छ । सिस्टमकै कारण यस्तो भएको हो । त्यसको लागि हामी माफी चाहान्छौं,’ फोन उठाउने अधिकारीले भने ।

 

ग्राहक प्रतिमा यस्तो समस्या आएपनि इन्टरनेटमा भने असोज १८ कै पेज समावेश गरिएको छ ।

सम्बन्धित खबर