३८ क्विन्टल सुन तस्करी प्रकरणमा गोरेले सफाई पाएको खुलाशा !

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन १९, २०७८ | १८:५५:०२

काठमाडौं । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करी प्रकरणका ७७ जना अभियुक्तलाई सफाइ दिएको छ । सफाई पाउनेमा चुणामणि उप्रेती उर्फ ‘गोरे’ सहित ७७ जना नै रहेका छन् । न्यायाधीश भरत लम्सालको इजलासले सुन तस्करी मुद्दामा पक्राउ परेका ७७ जनालाई नै सफाइ दिएका हुन् । अदालतले सुन नै नभेटिएको भन्दै गोरेसहितका अभियुक्तलाई सफाई दिएको हो । अदालतले फरार रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखेको छ । तर सानम शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई जन्मकैद सजाय सुनाएको छ ।
मोरङका शनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैद र दुई जलाई सामान्य कैदको मात्रै सजाय तोकेको छ । जिल्ला अदालत गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने र अन्य दुई जनालाई कैद सजाय हुने फैसला गरेको हो । श्रेस्तेदार राणाका अनुसार जन्म कैद पाउनेमा गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । भने राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ। गोरेलाई भने शरीर बन्धक तथा अपहरण मुद्दामा पनि कैद हुने फैसला भएको छ । यसबारे भने एक महिनाभित्रमा सजाय निर्धारण हुनेछ ।

सम्बन्धित खबर