राँगाको मासु नदिएको भन्दै छोराले झगडा गरेपछि सल्यानमा बाबुद्वारा छोराको हत्या !

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन २७, २०७८ | ११:२४:४५

सल्यान — मासुको विषयलाई लिएर विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो उनीहरुबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । धारिलो हतियार प्रहार गरेपछि उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर