काठमाडौँ । सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार ४।७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस भएको थियो ।