काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई प्रधानमन्त्री निवासमै बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
अविरल वर्षाका कारण देशभर बाढी पहिरोको जोखिम बढेको छ ।