काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्रै ट्रान्समिटर पड्कीएको छ ।
शनिबार विहान ९ बजेर २० मिनेट जाँदा सिंहदरबारको पूर्वीगेट तर्फ भित्र रहेको ट्रान्समिटर पड्कीएको हो ।
ट्रान्समिटर पड्कीएपछि पूर्वीगेट आसपासमा केहीबेर विद्युत समेत अवरुद्ध भएको थियो ।
पूर्वीगेटमा कार्यरत एक प्रहरीका अनुसार राष्ट्रिय सुरक्षा परिषदको गेटसँगै रहेको ट्रान्समिटर पड्कीएको हो ।