काठमाडौं । मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्।
खड्काले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए।
उनले मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत नरहने भन्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्।
नेकपा एमालेका उम्मेदवार रहेका महासचिव शंकर पोखरेललाई समर्थन गर्ने र आफ्नो उम्मेदवारी निस्कृय बनाएको
घोषणा गरेका छन् ।
त्यसतै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपालीले दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वलीलाई समर्थन गर्दै पार्टी परित्याग गरेका छन् ।
उनले पनि आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् ।