निवार्चनको मुखमा माओवादी केन्द्रका नेताद्वारा पार्टी परित्याग

दियो पोस्ट  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता सुर्दशन न्यौपानेले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय पर्यटन विभागका सदस्य समेत रहेका न्यौपानेले विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रबाट राजिनामा दिएका हुन् ।

“नेताका छोरा-छोरी एक प्लेट नास्ता र एक प्याला रक्सीको लागि जता जता बोलायो उतै जाने तर त्यही ठाउँमा खाना बोक्दै आउने श्रमजीवीले सलाम भन्दा पिठ्यु फर्काउने ? कुनै व्यवसाय गर्न अनुमती लिन र राजनैतिक नियुक्त पाउन नेताहरुको एजेन्ट, स्वकिय र आफन्तलाई करोडौँ नजराना पर्ने ? यी र यस्ता घटना र परिघटना कयौं छन् तर हामी दास बनेर यी नवसामन्तवादको सेवक र पूजारी बनेर कति दिन, हप्ता, महिना र वर्ष बिताउने ?”, उनले विज्ञप्तिमा उल्लखे गरेका छन्, “त्यसैले आजको मितिबाट म आबद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय पर्यटन विभाग लगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः मुक्त हुने गरी पार्टी सदस्यता परित्याग गरेको घोषणा गर्दछु । साथै कुनै पनि पुराना, थोत्रो र पटक पटक जनताको परिक्षणमा फेल भएका नेता र पार्टीको सदस्यता नलिकन स्वतन्त्र नागरिकको हैसियतले देश र जनताप्रति बफादार रही बाँकी जीवन व्यतित गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।”

हेर्नुहोस् विज्ञप्ति:

 

सिफारिस