पूर्वगृहमन्त्री बुद्धिमान तामाङ झार्लाङ पुगेपछि माओवादी कार्यकर्ताको घर तोडफोड !

दियो पोस्ट  

धादिङ । धादिङको खनियाँबास गाउँपालिका २ झार्लाङ राप्रपा नेपालका कार्यकर्ताले सत्तारुढ दल निकट कार्यकर्ताको घरमा आक्रमण गरेका छन् । पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका उपाध्यक्ष बुद्धिमान तामाङ समेत झार्लाङ सहभागी भएको बेला राप्रपाकै समुहले खुँडा खुकुरी लिएर आक्रमण गरेको स्थानिय एक व्यक्तिले दियोपोस्टलाई बताए ।

नेकपा माओवादी केन्द्र उपाध्यक्ष समेत रहेका झार्लाङका बुथ एजेन्ट मन बहादुर तामाङको घरमा राप्रपाको कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणबाट सामान्य क्षेति भएपनि कुनै मानवीय क्षेति नभएको स्थानियको भनाई छ । घटनाबारे थाहा पाएपनि धादिङ प्रहरीले कुनै कारबाही गर्न सकेका छैनन् ।

भोली हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ ख मा तामाङका भाई डम्बर तामाङले प्रदेश सभा सदस्यका लागि राप्रपाबाट उम्मेदवारी दिएका छन् ।

सम्बन्धित खबर