बैतडी दुर्घटनाः मृत्यु भएका ४ प्रहरीको सनाखत, ७ जना गम्भीर घाइते

दियो पोस्ट  

बैतडी । जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे ।

२ जन घाइतेलाई हेलिकप्टरबाट नेपालगंज पठाइएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

सिफारिस