माओवादीका यी नेतृः जसले चर्चा पाए, मत पाएनन् !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा उम्मेदवारी दिएका ४६ मध्ये ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो।
जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन्। उनी १९६ मत अन्तरले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन्। आठ जना महिला उम्मेदवार मध्ये बाँकी सात जना भने पराजित भएका छन् ।

यी हुन् माओवादीबाट पराजित हुने महिला उम्मेदवार

जुम्ला
गोमा कुँवर गौतम (माओवादी केन्द्र)– ११ हजार ९५९ मत
ज्ञानबहादुर शाही (राप्रपा)– २२ हजार ८६० मत

काठमाडौं २
सोविता गौतम (राष्ट्रिय स्वतन्त्र पार्टी)– १५ हजार २२९ मत
मणिराम फुयाल (एमाले)–११ हजार ५५५ मत
कुन्तीदेवी पोखरेल उपाध्याय (राप्रपा)–११ हजार १४ मत
ओनसरी घर्ती (माओवादी केन्द्र) –९ हजार ४४९ मत

काठमाडौं ७
गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी)– ८ हजार ७४३ मत
श्यामकुमार घिमिरे (एमाले) – ६ हजार ८ सय मत
अस्मिता सिंह मानुषीयमी भट्टराई (माओवादी केन्द्र) – ६ हजार ६३ मत

काठमाडौं ९
कृष्णगोपाल श्रेष्ठ (एमाले) – ११ हजार ९५६ मत
टेकबहादुर पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) – १० हजार ९६१ मत
कल्पना धमला (माओवादी केन्द्र)– ६ हजार ४०२ मत

काठमाडौं १०
राजन केसी (कांग्रेस) – १४ हजार ४४८ मत
हिमेश केसी (एमाले) –११ हजार ७८६ मत
प्रदीप विष्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) – ७ हजार ३४७ मत
बलराम थापा (राप्रपा) – ६ हजार २७७ मत
अन्जना विशंखे (माओवादी केन्द्र) – ४ हजार २६० मत

ललितपुर ३
तोसिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३१ हजार १३६
अमृत खड्का (एमाले) –१२ हजार ९६३
पम्फा भुसाल (माओवादी केन्द्र)– ८ हजार ७६९

कञ्चनपुर १
बीना मगर (माओवादी केन्द्र)– १९ हजार ३४६ मत
तारा लामा (नेकपा एमाले) –२४ हजार ८९२ मत