उचित व्यवस्थापन माग सहित महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्।आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

सिफारिस