गच्छदारलाई हराएकी चौधरीको विजय जुलुसमा ढुंगामुढा प्रहार, ३ घाइते

दियो पोस्ट  

सुनसरी । सुनसरी–३ मा नेकपा एमालेबाट विजयी भएकी भगवती चौधरीको विजय जुलुसमा झडप भएको छ । सोही क्रममा तीन जना घाइते भएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, प्रहरी तैनाथ भएका कारण झडपलाई तत्कालै नियन्त्रणमा लिइएको थियो भने झडपमा तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको उनले बताए। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उनले ५ हजार १८८ मतले पराजित गरेकी थिइन्। चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी थिइन् भने गच्‍छदारले ३५ हजार ६०० मत ल्याएका थिए।

यो पनि

सुनसरी-३ : विजयकुमार गच्छदारको पहिलो हार, एमालेकी भगवती चौधरी निर्वाचित