एक साताभित्र अपराधी पक्राउ नगरे अनिश्चितकाल धर्ना बस्ने निर्मलाको परिवारको घोषणा

दियो पोस्ट  

 

कार्तिक १८ महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले एक साताभित्र हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने घोषणा गरेका छन् ।

आइतबार बिहान उल्टाखामस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेर निर्मलाका परिवारले उक्त घोषणा गरेका हुन् ।
उनीहरुले सरकारले न्याय दिन ढिलाइ गरिरहेको भन्दै साताभित्रमा छोरीका वास्तविक हत्यारा पक्राउ नपरे अनिश्चितकालिन धर्ना बस्ने बताएका छन् ।
‘कात्तिक २५ गतेसम्म वास्तविक हत्यारा सार्वजनिक गर्ने समय दिने । २५ गतेसम्म पनि सरकारले निर्मलाका हत्यारा सार्वजनिक नगरे अनिश्चितकालिन धर्ना सुरु गर्ने उनका बाबुले बताएका छन् ।

अपराधी पत्ता नलागे जिल्ला प्रशासन कार्यालयमा निर्मलका परिवार अनिश्चितकालिन धर्नामा बस्ने घोषणा गरेका छन् ।