काठमाडौंमा दश लाख रुपैयाँको पटका नष्ट

दियो पोस्ट  

काठमाडौं, कार्तिक २१ । प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करीब १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।

ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई संचारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही पनि सुरु गरेको छ ।

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै संचालन गरेको छ ।

परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । परिसरका प्रमुख लामाले तिहारमा पड्काउने र त्यसबाट ठूलो धनजनको क्षति हुने देखिएपछि पट्काको विक्रीवितरणमा समेत कडा निगरानी राख्नु परेको बताए ।

TATA ADD