काठमाडौं, मंसिर १ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नारासाथ विभाग र मातहतका कार्यालयले शनिबारदेखि सातौँ राष्ट्रिय कर दिवस साताव्यापी रूपमा मनाउन लागेको छ । विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाएको छ ।
मङ्सिर १ गते काठमाडौँमा प्रभातफेरीसहित अर्थमन्त्री डा युवराज खतिवडाको सहभागितामा विशेष कर्याक्रम गर्ने भएको छ । सो क्रममा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृति गरिने छ । त्यस्तै २ देखि ७ गतेसम्म उपत्यकाका कर कार्यालयले कर शिक्षासहितका विभिन्न कार्यक्रम गर्ने छन् । कर छुटको बारेमा जानकारी गराउन अन्तक्र्रिया कार्यक्रम गरिने छ । नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ साल मङ्सिर १ गतेलाई स्मरण गर्दै कर दिवस मनाउन थालिएको हो ।
पाँच वर्षमा ३० लाख करदाता
हाल नेपालमा व्यावसायिक र रोजगारीको आय गर्ने करदाता १८ लाख रहेकाले पाँच वर्षपछि ३० लाख पु¥याउने लक्ष्य विभागले लिएको छ जसका लागि उद्योग व्यवसायीसँग समन्वय गरेर करको बारेमा जानकारी गराउने काम जारी रहेको छ ।
करको बारेमा सर्वसाधारणलाई सुसूचित गराउन पत्रकार र उद्योग वाणिज्य महासङ्घसँग उहाँले आग्रहसमेत गर्नुभयो । “कर दिवस करदातालाई बुझाउने अभियान हो, आमरूपमा जागरण ल्याउने हो”, उहाँले भन्नुभयो ।
आव २०७५\७६ मा रु ४०४ अर्ब २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य विभागको छ । कात्तिक मसान्तसम्मको लक्ष्य रु ९३ अर्ब ९४ करोड रहेकोमा कात्तिक २९ गते बिहीबारसम्म रु ८५ अर्ब ५८ करोड राजश्व असुल भइसकेको छ । बाँकी दुई दिनमा लक्ष्य पूरा हुने विश्वास विभागको छ ।