‘ए’ डिभिजन लिगः आज तेस्रो चरणका अन्तिम खेल हुने

diyopost.com
Diyo post  शनिबार, मंसिर ०८, २०७५ | ८:००:११

काठमाडौँ, मंसिर ८ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज तेस्रो चरणका अन्तिम खेलहरु हुने भएका छन् । आजको खेलमा हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच प्रतिष्पर्धा हुनेछ । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् ।

यस्तै, सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा हिजो बिहीबार भएको खेलमा सङ्कटाले मछिन्द्र क्लबलाई २–० गोेलअन्तरले हराएको हो ।

सङ्कटाका लागि नितिन थापा र अमित तामाङले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औँं मिनेटमा नितिनले गोल गर्दै सङ्कटालाई अग्रता दिलाएका थिए । खेलको ८५ आँैं मिनेटमा अमितले दोस्रो गोल गरे ।

सङ्कटा तीन खेलमा नौ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान तीन खेलबाट नौ अङ्क जोडेको मनाङ मस्याङ्दी क्लब गोल अन्तरका आधारमा पहिलो स्थानमै छ । मछिन्द्रले तीन खेलबाट दुई अङ्क जोडेको छ ।

सम्बन्धित खबर