पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा, ६ विद्यार्थी नेताहरु पक्राउ

दियो पोस्ट  

काठमाडौं, मंसिर १० । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाइएको छ । उनलाई कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरिएकाे छ ।

नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट पक्राउ परेकाे परेकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले जनाए ।

 

नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको बताएको छ ।