काठमाडौं, मंसिर १३ । भोलि शुक्रबारदेखि काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन आज बिहीबारदेखि जोर बिजोर प्रणाली लागु भएको छ ।
यो प्रणाली ४ दिनसम्म अर्थात मंसिर १६ गतेसम्म लागु हुनेछ । बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिनेछ ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जनाएको छ ।