कांग्रेसको आज बस्ने बैठक किन अति नै महत्वपूर्ण ?

दियो पोस्ट  

काठमाडौं, १३ मंसिर, नेपाली कांग्रेसमा महाधिवेशन पार्टीको सबैभन्दा ठूलो फोरम हो । जसले नेतृत्वमात्रै बदल्दैन । नीति पनि बदल्ने सामथ्र्य राख्छ । महाधिवेशन चार या पाँच वर्षमा हुँदै गर्दा महासमिति बैेठक अर्को ठूलो फोरम हो । जसले नेतृत्व चयन गर्दैन । तर, अरु सबै विषयमा निर्णय लिने र अनुमोदन गर्ने सामथ्र्य राख्छ ।

यही महासमितिको राप र तापमा कांग्रेस अघि बढिरहेको छ । महासमितिमा प्रस्तुत हुने विधानका लागि अन्तिम रस्साकस्सी चल्दै गर्दा आजबाट केन्द्रीय समितिको बैठकमा विधानमाथि छलफल सुरु हुँदैछ । कांग्रेस केन्द्रीय समितिकाे बैठक अाज ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुँदैछ ।

यसकारण पेचिलो हुनेछ छ आजबाट सुरु हुने बैठक
पूर्णबहादुर खड्का संयोजकत्वको समितिले झण्डै तीन महिना लगाएर विधान तयार गरेर केही दिन केन्द्रीय समितिको बैठककमा पेश गरेको थियो । तर, एउटै मात्र मस्यौदा पेश हुन सकेन । विधानमा जति र जे फरक मत आउँछन् ती सबैलाई संयोजकले प्रतिवेदनमा उल्लेख गरेर विधानको हिस्सा हुन सक्ने विकल्प खुल्ला गरिदिएपछि आज तिनै विकल्पमा केन्द्रित रहेर सदस्यहरुले आफ्नो भनाइ राख्नेछन् ।

सर्वसम्मतिमा मस्यौदा नबनेपछि महत्वपूर्ण विषयमा पनि छलफलमा उठेका मतले परिवर्तन गर्न सक्ने सामथ्र्य राख्ने भएकोले पनि आजदेखि सुर हुने बैठक निक्कै महत्वपूर्ण हुनेछ । खासगरी रणनीतिक महत्व र दीर्घकालीन महत्व राख्नेसहितका प्रमुख विषयमैं फरक मत गएका कारण यिनीहरुमाथि नै हुने छलफल महत्वपूर्ण हुन लागेको हो ।

दुवै पक्षका रिहर्सल
आजबाट बैठकमा विधानमाथिको छलफल सुरु हुने भएपछि एक दिन अघि अर्थात् बुधबार दुवै पक्षले आ आफ्ना गुटको भेला गरेका थिए । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा र महामन्त्री डा. शशांक कोइरालाले टोखास्थित निवासमा विधानका विषयमा कसरी प्रस्तुत हुने भनेर छलफल राखेका थिए ।

शशांक निवासमा विधानको विषयमा सुरुवाती छलफल मात्रै भएको केन्द्रीय सदस्य गुरु घिमिरे बताउँन् । सदस्यता दुई थरी अर्थात् साधारण र क्रियाशील हुनुपर्ने, पदाधिकारी ११ सदस्यीय हुनुपर्ने र सबै निर्वाचित हुनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

सभापतिलाई मनोतिको अधिकार २५ बाट १५ प्रतिशतमा झार्नुपर्ने, संसदीय बोर्ड, अनुशासन समितिलाई व्यवस्थित बनाउनुपर्ने विषयमा छलफल भएको घिमिरले बताए । यिनै सेरोफेरोमा आजबाट कुरा राख्नेमा नेताहरु सहमतिमा पुगेको उनको भनाई थियो । २० जना नेता सहभागी भए पनि कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, महेश आचार्यसहितका प्रभावशाली नेता भने सहभागी थिएनन् ।

देउवाको छलफलमा सबै सहभागी
यता देउवा निवासमा भएको छलफलमा भने उनी पक्षका लगभग सबै केन्द्रीय सदस्यहरु सहभागी भएका छन् । विधानमा प्रस्तुत गरेकै विषयमा केन्द्रित रहेर आजबाट सुरु हुने बैठकमा बोल्ने तयारी उनीहरुको छ ।
पदाधिकारीतर्फ उपसभापति बढाउँदा पौडेल पक्षका नेतालाई व्यवस्थापन गर्न सहज हुने भएकोले देउवा पदाधिकारीमा थप्नैपरे सहमहामन्त्री र महामन्त्रीसम्म बढाउन तयार हुने बुझिएको छ ।

तर, सबै पदाधिकारी निर्वाचित गर्ने र केन्द्रीय समितिमा मनोनित गर्ने प्रतिशत २५ बाट १५ मा झार्न उनी तयार छैनन् ।

TATA ADD