गृहमन्त्री बादललाई उत्तर कोरिया भ्रमणको निम्तो

दियो पोस्ट  

काठमाडौँ, १३ मंसिर । नेपाल भ्रमणमा रहेका उत्तर कोरियाली राजदूत किम योङ हकले गृहमन्त्री रामबहादुर थापा बादललाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् । राजदूत योङको विदाईको अवसर पारेर विहिबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री बादललाई कोरिया भ्रमणको निम्ता दिएका हुन् ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेका राजदुत हकलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

राजदुत हकले आफनो कार्यकालमा नेपाल र उत्तर कोरीयाबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरेका छन् ।

भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुखद रहेको बताउँदै नेपाल र उत्तर कोरियाको सम्बन्धलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिए ।

TATA ADD

सिफारिस