
SONY DSC
काठमाडौं, १९ कार्तिक । पूर्व सभामुख कृष्ण बहादुर महराकी श्रीमती सिता महराको निधन भएको छ ।
माइस्थेनिया रोगबाट पीडित बनेकी उनी कार्तिक १४ अघि गम्भिर बनेपछि हेलिकोप्टर मार्फत काठमाडौं आएकी थिइन् ।
उनलाई राजधानीको नर्भिक अस्पतालमा सघन कक्षमा राखेर उपचार गराइँदै आएकोमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।