श्रीमती गुमाएको ३ हप्ता नबित्दै पत्रकार महासंघ धादिङका पूर्व सभापति बर्माको निधन

दियो पोस्ट  

धादिङ, २१ कार्तिक । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति तथा पत्रकार सिताराम प्रसाद वर्माको निधन भएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई राजधानीको किष्ट अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि उनको निधन भएको छ ।


धादिङबाट राष्ट्रिय समाचार समितिमा रिपोर्टिङ गर्दै आएका उनलाई पछिल्लो ३ हप्ता यता स्वास्थ्यमा गम्भिर समस्या देखिएको थियो ।

केही हप्ताअघि मात्रै उनकी श्रीमती पवित्रादेवि वर्माको दुखद निधन भएको थियो । पत्नि वियोगमा रहेका वर्मालाई समेत स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

सम्बन्धित खबर