काठमाडौं, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
शनिबार मध्यान्न उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्। उनीहरुले बुझाएको पत्रमा कोरोना महामारीका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णयलाई कार्यान्वयनबारे छलफल हुनुपर्छ पर्ने माग गरिएको छ ।
तर, बहुमत नेताले बैठक आह्वानको पत्र बुझाएपनि प्रधानमन्त्री ओलीले भने खासै केही जवाफ नदिएको पाइएको छ ।
कार्यकारी अध्यक्ष सहितका नेताले भोली वा पर्सि नै बैठक बोलाउन माग गरेका छन् ।