धादिङवेशी खानेपानी समितिमाथि मेयर भिम ढुंगानाको ज्यादती : नयाँ समितिको पत्र नै शंकाष्पद !

दियो पोस्ट  

धादिङ, २३ कार्तिक । धादिङको निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानालो अबैधानिक रुपमा खानेपानी सरसफाई समिति विघटन गरेर नयाँ कार्यसमिति घोषणा गरेका छन् ।

धादिङवेशीको सर्वसाधरणलाई खानेपानी वितरण गर्दै आएको धादिङवेशी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको पुरानो कार्यसमित भंग गर्दै ढुंगाना नेतृत्वको निलकण्ठ नगरपालिकाले अवैधानिक रुपमा अर्को समिति गठन गरेको हो । उनले नयाँ कार्यासमिति गठन गरेको पत्र दियोपोस्टले फेला पारेको छ ।
मेयर ढुंगानाले नयाँ कार्यसमितिमा आफू निकट व्यक्तिहरुलाई नियुक्त गरेका छन् ।

गत असोज ११ गते नगरपालिकाले उपभोक्ता समिति विगठन गर्ने धम्की दिँदै पत्राचार गरेको पाइएको छ । उक्त पत्र अनुसार नगरपालिकाले ६ दिन भित्र उपभोक्ता समिति विघटन गरि तदर्थ समिति बनाउन सक्ने धम्की दिएको थियो । उक्त पत्रको जवाफ दिँदै धादिङवेशी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले नगरपालिकाले जलस्रोत नीतिको उलंघन गरेको घुमाउरो तरिकाले आरोप लगाएको छ ।

नगरपालिकाले नेपाल सरकारले जारी गरेको जलस्रोत ऐन २०४९ लाई समेत उलंघन गर्दै केन्द्रीय सरकारलाई नै चुनौति दिएको छ ।
देशै भर रहेका खानेपानी उपभोक्ता सरसफाई समितिहरु जिल्ला जलस्रोत समिति मार्फत दर्ता भएका हुन् । तर, नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले राजीतिक प्रतिशोधका आधारमा आफूलाई कानुनले नै नदिएको अधिकार प्रयोग गर्दै उपभोक्ता समिति विघटन गरेर नयाँ समिति गठन गरेका हुन् ।

केन्द्र सरकारलाई कर तथा राजश्व बुझाउँदै आएको यो समितिलाई मेयर ढुंगानाले आफू अनुकुल प्रयोग गर्न नपाएपछि आफू निकट व्यक्तिहरुलाई नियुक्त गरेको हो ।


नगरपालिकाले पठाएको पत्र नै शंकाको घेरामा परेको छ । नगरपालिकाले जसलाई पत्र पठाएको छ उसैलाई बोधार्थ दिएको समेत पाइएको छ । बोधार्थ दिने निकाय केन्द्रीय सरकार वा जिल्ला जलस्रोत समिति भएपनि त्यसो गर्दा आफ्नो गल्ती सार्वजनिक हुने डरले खानेपानी उपभोक्ता समितिलाई नै बोधार्थ दिइएको छ ।

सम्बन्धित खबर