बालुवाटारमा मन्त्रिपरिषद बैठक : पूर्व माओवादीका बिना मगर र गिरिराजमणि पोखरेल गएनन् !

दियो पोस्ट  

काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्र समुहका २ जना मन्त्री अनुपस्थित रहेका छन् ।

विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री बिना मगर अनुपस्थित रहेको बताइएको छ ।


शिक्षा मन्त्री पोखरेललाई कोरोना भाइरस को

भिड १९ संक्रमण पुष्टि भएका कारण उनी अनुपस्थित रहेको स्रोतले बतायो ।


यता खानेपानी मन्त्री मगर भने किन अनुपस्थित रहिन खुलेको छैन । नेकपा भित्र चर्किएको विवादका बीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मगरको अनुपस्थितिलाई लिएर विभिन्न कोणबाट चर्चा हुन थालेको छ ।

TATA ADD