प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई छाड्न आदेश दिने न्यायाधिस विरुद्ध उजुरी

दियो पोस्ट  

काठमाडौं, २५ कार्तिक । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायका उपपध्यापक प्रेम चलाउनमाथि सांघातिक आक्रमण गर्ने गिरोहलाई जिल्ला अदालत काठमाडौंले भटाभट रिहा गरेपछि न्याय परिषदमा उजुरी परेको छ ।


जिल्ला अदालत काठमाडौंका न्यायधीश अम्बिका प्रसाद निरौला विरुद्ध उपप्रध्यापक चलाउनेले उजुरी गरेका हुन् ।

न्यायाधिश निरौलाको इजलाशले चलाउनेमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने घटनामा समलग्नहरुलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।


२३ कात्तिकमा अदालतले रविनकुमार लामा र रुपेश साहलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । अभियुक्त दीपक ओझालाई पनि धरौटीमा छोडेको थियो । २४ कार्तिकमा २० हजार धरौटीमा थुनामुक्त भएका थिए ।

उपप्राध्यापक चलाउनेलाई २० असोजमा विश्वविद्यालय परिसरमा रहेको नेपाल बैंक लिमिटेडबाट पैसा झिकेर फर्कदै गर्दा सांघातिक आक्रमण गरिएको थियो ।

विश्व विद्यालयकै नेवि संघका नेता हरि आचार्य र योगेन्द्र रावलको निर्देशन र योजनामा सांघातिक आक्रमण भएको घटनामा समलग्नहरुले बयान दिएका थिए ।


प्रहरीले घटनास्थलमा प्रयोग भएको मोटरसाइकल, सीसीटीभी फुटेजजस्ता प्रमाण भेला पारेर ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । चलाउनेले निरौला विरुद्ध आज उजुरी दिएका हुन् ।

TATA ADD