४ नोभेम्बरमा महाराष्ट्र प्रहरीले रिपब्लिक टिभिका प्रधानसम्पादक अर्नब गोस्वामीलाई आत्महत्या दुरुत्साहन सम्बन्धी २ वर्ष पहिलेको मुद्दामा गिरफ्तार गर्यो । अर्नबलाई गिरफ्तार गरेपछि अभिव्यक्ति स्वतन्त्रतालाई लिएर बहस भइरहेको छ । यो मुद्दा इन्टिरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकको आत्महत्यासँग सम्बन्धित छ । नायकले सुसाइड नोटमा गोश्वामीसहित २ जना अन्य व्यक्तिले दिनुपर्ने बाँकी रकम भुक्तानी नदिएका कारण आफूले आत्महत्या गरेको आरोप लगाएका छन् र लेखिएको छ,–‘उनको मृत्युका लागि यी व्यक्तिहरु जिम्मेदार छन् ।’
मुम्बई पुलिसले सबुत नभएको भन्दै सन् २०१९ मा यो मामला बन्द गरेको थियो । तर, नायकको परिवार प्रहरीको अनुसन्धानबाट सन्तुष्ट थिएनन् । २०२० मईमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले पुन अनुसन्धानका लागि आदेश दिए । भारतीय पत्रिका क्याराभानका रिपोर्टिङ फेलो आतिरा कोनिक्वाराले अन्वय नयककी छोरी अदन्या नायकसँग वार्ता गरेकी छिन् । अदन्या पेशाले आर्किटेक्ट छिन् । यस अन्तर्वार्तामा उनले रिपब्लिक टेलिभिजनको आवरणमा गोश्वामीले दिएको धम्की र उनको पिताले पाएको हैरानीकोबारेमा बयान गरेकी छिन् ।
रिपब्लिक च्यानलको स्टुडियोको काम गर्ने ठेक्का ‘कन्कर्ड डिजाइन’ले कहिले पायो र गोश्वामीसँग कहिले विवाद शुरु भयो ?
सन् २०१६ मा हामीलाई कामको अर्डर आएको थियो । त्यो ६ करोड ४० लाख रुपैयाँ भन्दा धेरैको काम थियो । त्यो प्रोजेक्ट पुरा गरेका थियौँ । कामको क्रममा पनि मेरो बुबालाई गोस्वामी र उनकी श्रीमतीले अरूले उनीहरूले चाहेको अनुसार परिवर्तन गर्न दबाब दिन्थे । अन्तिम मिनेटहरुमा उनीहरु बदलाब गर्न भन्थे । तत्काल पूर्ण गर्न दबाव दिन्थे । मेरा पिता निकै दबावम हुनुहुन्थ्यो । उसले भन्यो,‘तिमी जो सक्छौ गर तर तिमीले पैसा पाउँदैनौँ ।’
गोश्वामीले पैसा दिन ईन्कार कहिलेदेखि गरे ?
जब काम चलिरहेको थियो । तबदेखि नै पैसा दिन इन्कार गरिरहेको थियो । अर्नब भन्थे,‘म अर्नब हुँ । म तिमीलाई देखाउँछु कि म के गर्न सक्छु । तिमी एक मराठी हौ । महाराष्ट्रमै बस्छौ । तर, तिमीले मेरो केही विगार्न सक्दैनौँ ।’ हामी घरमा प्रहरी समक्ष गएर उजुरी हाल्ने विषयमा चर्चा गर्थ्यौँ । तर मेरो पिता निकै डराउनु भएको थियो । बुवा प्रहरीमा उजुरी गर्नु हुँदैन भन्नुहुन्थ्यो । उसले तिम्रो करियर बर्बाद पारिदिन्छु भनेर धम्की दिइरहेको छ । तिम्रो छोरीको करियर बर्बाद पारिदिन्छु भनेर धम्काउँथ्यो । म एक आर्किटेक्ट हुँ । म आफ्नो पितालाई मद्दत गरिरहेको थिएँ । र साथै इन्टर्नसिप पनि गरिहेको थिएँ ।
स्टुडियोको प्लानिङको समयमा त्यस्तो के कुरा थियो जो गोश्वामीले बदल्न दबाव दिए ?
धेरै कुरा बदल्नुपर्ने थियो । उनलाई कुनै कुरा सुन्दर लागेन भने अर्को बनाउन दबाव दिन्थे । जब बदल्नुपर्छ तब कामको लागत बढ्छ र जनशक्तिको पनि ख्याल गर्नुपर्छ । यो दुई तीन दिनमा हुने थिएन । पैसा नदिने षडयन्त्र शुरुदेखि नै रचिएको थियो । यदि उनले हामीलाई पैसा दिन चाहान्थे भने पहिले नै दिएका हुन्थे । साथै मेरो पिताले फिरोज शेख र नितेश शारदाको प्रोजेक्ट पनि गरिरहेका थिए । (सुसाइट नोटमा आइकास्ट एक्स र स्काई मिडियाको शेख र स्मार्टवक्र्स का शारदाले क्रमश चार करोड र ५५ लाख रुपैयाँ नदिएको आरोप छ । गोस्वामीको साथै यो मुद्दामा यी दुई जना पनि सहआरोपी छन् । सुसाइट नोटका अनुसार गोश्वामीले उनलाई ८३ लाख रुपैयाँ भन्दा बढी रकम दिएका थिएनन् ।) मेरा पिताले रगतको आँशु पिएर ८३ लाख रुपैयाँसम्म गरिदिएका थिए । मान्नुहोस् यदि तपाईंबाट कसैले २५ हजार रुपैयाँ लिएका छन् । तर, उनले फिर्ता गरेनन् । तपाईं सोच्नुहुन्छ ठिकै छ २५ हजार होइन १५ हजारमा मिलौँ ।
यसको मतलब तपाईंको पिताले गर्नु भएको कामको पैसाका लागि सम्झौता गर्नु परेको हो ?
बिल्कुल हो । उनले गोस्वामीसँग लिनुपर्ने १ करोड २० लाखबाट घटाएर ८३ लाख रुपैयाँ गरिदिए । तर, उसले यति पैसा पनि दिन तयार भएन । यो मान्छे कति लिच्चड छ ।
यो विवाद कति लामो समयसम्म चल्यो ?
एक झूटलाइ लुकाउनका लागि तपाईंले दश हजार झूट बोल्नुपर्छ । सिर्फ तपाईं चिच्याउनका लागि मात्रै । मतलब यो होइनकी तपाईंको चिच्याहट सहि छ । जो हामीमाथि भयो । त्यो सत्य हो । मेरो पिताले खूद सुसाइट नोट लेखे । यसमा कुनै शंका छैन ।
यो प्रोजेक्ट २ डिसेम्बर २०१६ मा शुरु भएको थियो । हामीले मार्च या अप्रिल २०१७ मा पुरा गरेर उसलाई हस्तान्तरण गरेका थियौँ । अप्रिल २०१७ पश्चात एक वर्षसम्म यो विवाद चल्यो । हामी पैसा मागिरहयौँ । तर, उसले पैसा दिएन ।
खबरहरुका अनुसार तपाईंको पिताले पैसा माग्नका लागि अर्नबलाई ईमेलसमेत गरेका थिए ?
हो । मेरो पिताले गोस्वामीसँग विन्ती गर्दै भनेका थिए,‘प्लिज पैसा दिनुहोस् । मेरो जिन्दगीको सवाल छ । यो कुरा अब मेरो परिवारमा पनि पुगेको छ । सबै जना हैरान छन् ।’ हामीलाई अब के गर्ने भन्ने अन्यौलता थियो । किनकी हामीले खुद चारैतिरबाट घेराबन्दीमा परेको महशुस गरेका थियौँ । यदि यी तीनै आरोपीले हाम्रो ५ करोड ४० लाख रुपैयाँ दिएको भए हाम्रो कारोबार चलिरहन्थ्यो ।
तपाईंको पिताको मृत्युपश्चात तपाईंले रायगढ जिल्लाको अलीबाग प्रहरी स्टेशनमा एफआईआर दर्ता गर्नुभएको थियो । जब तपाईंहरु प्रहरीमा उजुरी लिएर जानु भयो तब प्रहरीको प्रतिक्रिया के थियो ?
सबैभन्दा पहिले उनीहरुले हाम्रो उजुरी दर्ता गर्न अस्विकार गर्न चाहान्थे किनभने उनीहरुले उजुरीमा अर्नबको नाम देखेपछि डराए । अनुसन्धान अधिकारी सुरेश बराडेले मेरी आमा र मलाई म्की दिए,‘यो तपाईंहरुको जिन्दगीको सवाल हो । यसमा हाई प्रोफाइल मानिसहरु समलग्न छन् । एक पटक सोच्नुहोस् । मेरो कुरा मान्नुहोस् । र उजुरी दर्ता नगर्नुहोस् ।’
मेरा आफन्त र नातागोताले प्रहरी अधिकारीलाई अनुरोध गरे र सवाल बुझे कि किन दर्ता नगर्ने ? तब उनीहरु एफआइ आर दर्ता गर्न राजी भए । तर, एफआईआर दर्ता भएपछि पनि तीनै आरोपीलाई गिरफ्तार गरिएन । यद्धपी मैले अलिबाग प्रहरी स्टेशनमा आफ्नो बयान दर्ता गराएको थिएँ र अर्नबले मुम्बईको संयुक्त प्रहरी आयुक्तको कार्यालयमा मराठीमा आफ्ना बयान दर्ता गराएका थिए ।
हामीलाई आइरहेको धम्कीको विषयमा हामीले विभिन्न निकायमा उजुरी गरेका थियौँ । उनीहरुलाई पनि एफआइआर दर्ता गर्न चाहान्छे तर उनीहरु माथि किन एफआइआर दर्ता भएन त्यो प्रश्न मेरो मनमा छ ।
के तपाईंलाई यो धम्की पछिल्लो २ वर्षमा आएको हो ?
यो दुई वर्ष हामीलाई लगातार धम्की आइरहेको छ । हामीलाई थाहा थियो की अर्नबको विरुद्ध हामीले चालेका कदमपश्चात हामीलाई यो धम्की आइरहेको छ । तर, जो मानिस हामीलाई धम्की दिन्थे उनीहरुलाई हामीले चिनेका थिएनौँ । मसँग जो जानकारी थियो त्यो मैले प्रहरीलाई दिएँ । धम्की दिनेवालाको फोन नम्बर, धम्कीको प्रकार ह्वाट्सएप कल आदी । मेरी आमाले पहिलो भिडियो जारी गर्नुअघि उनीहरुले अनुसन्धानमाथि सवाल उठाएका थिए ।
म मुर्वादमा हिँडिरहेको बेला मोटरसाइकलमा आएकाहरुले धम्काएका थिए,‘हाम्रो नजर तिमीमाथि छ । हामीलाई थाहा छ तिमी कहाँ जान्छौ । कहाँ लुक्छौ ।’ यो कति ठूलो भद्दा मजाक थियो की हामीमाथि यस्तो तरिकाको दबाव दिनु । जबकी हामीले केही गरेका थिएनौँ । यसैले हामीले सोच्यौँ यदि हामी मर्नु नै छ भने सत्य बोलेर मात्रै मर्छौं ।
सन् २०१९मा रायगढ प्रहरीले कुन आधारमा अनुसन्धान बन्द गरेको थियो ? उनीहरुले तपाईंहरुलाई यसको ‘क्लोजर’ दिए ?
हामीलाई क्लोजर रिपोर्ट यस वर्षको मई महिनामा दिएको छ । हामीलाई मईसम्म यो मामला बन्द भएको जानकारी दिएन ।