काठमाडौं, २९ कार्तिक । विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका छन् ।
केहीबेरअघि शितल निवास पुगेका प्रधानमन्त्री ओलीले ‘निर्णय सुनाउन’ भन्दै राष्ट्रपतिलाई पार्टी फुटाउनका निम्ती अध्यादेश ल्याउन दबाव दिएको स्रोतले बताएको छ ।
करिब आधा घण्टासम्म भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पूर्व एमाले पार्टी व्युताउन छलफल गरेको उच्च स्रोत बताउँछ ।
नेकपाको विवादमा राष्ट्रपतिको गरिमालाई समेत धज्जी उडाएर हस्तक्षेपमा उत्रिएकी राष्ट्रपति भण्डारीको भने सर्वत्र आलोचना छ । केहीदिनअघि देखि नेकपा भित्र दुई अध्यक्षबीच ‘पत्र युद्ध’ चलिरहेको छ । शुक्रबारको सचिवालय बैठका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पद त्याग गर्नुपर्ने भन्दै घुमाउरो तरिकाले राजिनामा मागेका थिए ।
शनिबार दिउँसो आफू निकट नेताहरुसँग परामर्शपश्चात ओलीले राष्ट्रपतिलाई भेटेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको राजनीतिक दस्ताबेज फिर्ता नभएसम्म पार्टी सचिवालयको बैठक नराख्ने संकेत गरेका छन् ।
उनका प्रेस सल्लाहाकार सुर्य थापाले दस्ताबेज फिर्ता नभएसम्म बैठक हुनै नसक्ने तर्क गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपछि समक्ष आफू प्रधानमन्त्री पद सुरक्षित गरेर पार्टी अध्यक्ष भने माधव कुमार नेपाललाई छोड्ने विषयमा समेत छलफल गरेको बताइन्छ ।