‘प्रचण्डले साथ नदिएको भए न विद्या राष्ट्रपति हुन्थिन्, न केपी ओली प्रधानमन्त्री’ : रिजाल

दियो पोस्ट  

काठमाडौं, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता विष्णु रिजालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भइरहेको टिप्पणीको विरोध गरेका छन् । सत्तारुढ दल नेकपाकै अर्को एउटा खेमाले अध्यक्ष प्रचण्डमाथि पदलोलुपको आरोप लगाइरहेको बेला रिजालले भने प्रचण्डको रक्षा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा प्रचण्डमाथि पदलोलुप जस्ता आरोप लगाउन नहुने बताएका हुन् । ‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुप भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ?, ’ रिजालले प्रश्न गर्दै लेखेका छन्, ‘ अनि ख्याल गरौँ– प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपुको आरोप लगाउँदा लोकले पत्याउला ?

सम्बन्धित खबर