ठगी आरोपमा पक्राउ परेका भेषबहादुर थापा प्रदीप ज्ञवालीको दबावपछि छुटेको खुलाशा !

दियो पोस्ट  

काठमाडौँ, ३० कार्तिक। बैकिङ कसुर अन्तर्गत चेक बाउन्सको मुद्दामा पक्राउ परेका सुन्दर यातायात प्र.लि.का अध्यक्ष भेषबहादुर थापा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँको टोलीले अध्यक्ष थापालाई पक्राउ गरेको थियो ।

गत कार्तिक २६ गते काठमाडौंबाट पक्राउ परेका उनलाई छुटाउन परराष्ट्र मन्त्री समेत रहेका नेकपाका प्रभावशाली नेता प्रदीप कुमार ज्ञवालीले दबाव दिएको पाइएको छ ।


पक्राउ परेलगत्तै काठमाडौं प्रहरीका उच्च नेतृत्वलाई ज्ञवालीले कागज गरेर छाडिदिन दबाव दिएको स्रोतले जनाएको छ । ज्ञवालीको दबावपछि प्रहरीले भेषबहादुरलाई म्याद थप समेत नगरि छाडिदिएको पाइएको छ ।

उनीविरूद्व झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए । एक करोड रुपैयाँको चेक बाउन्स गरेपछि उनी पक्राउ परेका हुन् ।


पक्राउ पर्नेभएपछि थापाले आफ्नो फेसबुकमा ‘आफुलाई कोरोना भएकोमा १५ दिनलाई’ भनेर पोष्ट समेत गरेका थिए ।

आफूलाई कोरोना संक्रमित भएको बताएका थापा रिहा भएपछि भने खुलमखुल्ला सुन्दर यातयातको सञ्चालक समितिको बैठकमा भन्दै हिँडेका छन् । पक्राउ पर्नुअघिको फेसबुक पोष्ट भने थापाले डिलिट गरेका छन् ।


ठगीको आरोपमा यसअघि जेल सजाय समेत भोगेर आएका थापा विभिन्न व्यक्तिलाई अहिले पनि ठगी गर्दै हिँडिरहेका छन् । आफूलाई पत्रकार समेत भन्ने थापा यसअघि एक साप्ताहिक पत्रिकाको प्रकाशक समेत थिए ।

सम्बन्धित खबर

ट्रेन्डिङ