बरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘प्रचण्डको प्रस्तावले केपी ओलीको नैतिक धरातल खुस्कियो’

दियो पोस्ट  

काठमाडौं, ३० कार्तिक । बरिष्ठ पत्रकार किशोर नेपालले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक धरातल खुस्केको बताएका छन् ।


कान्तिपुर दैनिक, नागरिक दैनिक लगायत मुख्य दैनिक पत्रिकाका सम्पादक समेत भइसकेर हाल स्वतन्त्र लेखनमा क्रियाशिल उनी नेपाली पत्रकारिकताका एउटा जिवित इतिहास समेत हुन् ।
नेपालले प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सरल भाषामा लेखिएको कठोर अभिव्यक्तिको संज्ञा समेत दिएका छन् ।

‘सरल भाषा, कठोर अभिव्यक्ति । पढ्दा सलल बहेको गद्य । रोचक शैली । कम्युनिष्ट जार्गोनको प्रयोग नगण्य । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आफ्नो कुरा बडो स्पष्टताका साथ राखिदिएका छन्,’ नेपालले सामाजिक सञ्जालमा लेखेका छन्,‘केपी शर्मा ओलीको नैतिक धरातल खुस्कियो । अब के हुन्छ ? होइन अब केही हुन्छकी ?


पोष्टस्क्रिप्ट– के भन्छन् प्रचण्ड ? मानसिक पीडा र अपमानको भरपाइत हुँदैन क्यारे !’

सम्बन्धित खबर

ट्रेन्डिङ