काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल खुमलटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दूतको रुपमा खुमलटार पुगेका पौडेलले सत्तारुढ दल नेकपा भित्र देखिएको विवादबारे छलफल गरेका थिए ।
गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्। तर पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरुले भने प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता नहुने बरु प्रधानमन्त्री ओलि सच्चिनुपर्ने बताएका थिए ।