सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक बोलाएपछि योगेशले भने, ‘सर्वाधिक कठिन समय’

दियो पोस्ट  

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कन्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । तर, प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सचिवालय बैठकको निर्णयलाई चुनौती मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।

आज हुने भनिएको सचिवालय बैठक निकै वारपारको स्थितिमा पुग्ने आंकलन गरिएको छ । तर, नेकपाका देस्रो पुस्ताका नेताहरुलाई भने निकै सकस देखिएको छ । पर्यटन मन्त्री समेत रहेका योगेश भट्टराईले आफ्नो दुखसो सामाजिक सञ्जालमा लेखेका छन् ।


‘सर्वाधिक कठिन समय’ भन्दै उनले ट्वीट गरेका छन् । अघिल्लो पटक बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आज १ बजे सचिवालय बैठक आह्वान गर्ने निर्णय गरेको थियो । तर, उक्त बैठक सार्न पटक पटक अभ्यास गरिरहेका ओलीले अन्तत सोही समयमा मन्त्रिपरिषद बैठक डाकेर सचिवालय बैठकलाई ठाडो चुनौती दिएका छन् ।

ओलीले आज बुधबार दिउँसो १ बजे नै मन्त्रिपरिषद बैठक आयोजना गरेपछि मन्त्रीहरु नै सकसमा परेका हुन् । भट्टराईले त्यसैलाई लिएर सर्वाधिक कठिन समय भन्दै ट्वीट गरेको आशंका छ । मन्त्रिपरिषद बैठक चलिरहँदा यता बालुवाटारमै सचिवालय बैठक चल्ने छ ।

TATA ADD