काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप पुष्टि नभए अध्यक्ष पदबाट हट्नुपर्ने बताएका छन् ।
बुधबार सम्पन्न पार्टी सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘बाहिर बजारमा त हल्ला सुन्छु । बहुमत छ, अल्पमत छ, केछ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले जवाफ तयार गरिसकेको छैन,’ उनले भने,‘यसमा छलफल गर्न सिम्प्ली गर्न र छिनोफानो गर्न मात्रै बैठक हुन सक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।’