सुनको मुल्य फेरी प्रतितोला ४ सय रुपैयाँले घट्यो !

सुनको मुल्य फेरी प्रतितोला ४ सय रुपैयाँले घट्यो !

काठमाडौँ, मङ्सिर । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।


यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ ।

बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

Trending News