धादिङ, ५ मंसिर । गजुरी गाउँपालिकाले मिलमतोमा एक निर्माण कम्पनीलाई ठेक्का सम्झौताविना नै कर संकलन गर्न दिएको भन्दै स्थानिय युवाहरु आन्दोलित बनेका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ को आन्तरिक आयकरको शुल्क उठाउन ठेक्का आव्हान गर्दा काठमाडौंको बबरमहलस्थित शिवाको कन्स्ट्रक्सन नामक कम्पनिले ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौता बिना अवैध रुपमा कर संकलन गर्न थालेपछि स्थानियबासी आन्दोलित बनेका हुन् ।
“ठेक्का सम्झौताका लागि ताकेता दिनुपर्नेमा गाँउपालिका अध्यक्ष निकटका व्यक्तिले ठेक्का पारेकाले अध्यक्ष र गाँउपालिकाका उच्च तहका कर्मचारीले नै मिलेमतोमा उल्टै ठेकेदारलाई नै पश्रय दिएको छ । गाँउपालिका अध्यक्षले नै सार्वजनिक खरिद ऐनको धज्जी उडाएका छन् । उक्त ठेक्का तुरुन्त सम्झौता गर्न र अवैध रुपमा संकलन गरेको कर रोक्का गर्न माग गरेका हौं,” गजुरी ७ का बद्रि जम्कट्टेलले भने ।
जम्कट्टेलका अनुसार गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र गाँउपालिकाका योजना शाखा प्रमुख टुफेल खाँनले मिलेमतोमा सार्वजनिक खरिद ऐनलाई धज्जी उडाएर ठेकेदारसँग सेटिङका आधारमा सम्झौता बिनै कर संकलन गर्न दिइएको हो ।
अध्यक्ष बस्नेतले ठेकेदार कम्पनीलाई सघाँउदै आएको र गाँउपालिका कार्यालयमा वकिललाई बोलाएर ठेकेदारलाई छुट दिनका लागि परामर्श गर्न थालेको आरोप छ । त्यसैले आफूहरुले गाउँपालिका कार्यालय घेराउ् गरेको जमकट्टेल बताउँछन् ।
आक्रोशित युवाहरुले गाँउपालिका अध्यक्ष बस्नेतको मिलेमतोमा भएको अवैध कर संकलन रोक्का गर्न माग गर्दै मिलेमतोलाई सघाउने बिचौलियाको भूमिका निर्वाह गर्ने योजना शाखा प्रमुख खाँनमाथी कारबाही गर्नुपर्ने, हालसम्म संकलन गरेको राजश्व गाँउपालिकाको खातामा दाखिला गर्नुपर्ने, यथाशिघ्र ठेकेदारलाई ठेक्का सम्झौता गराउनुपर्ने माग राखेका छन् ।
गजुरि गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी, बालुवा, ग्राभेलको बिक्री शुल्क उठाउनका लागि टेन्डर आह्वान गरेको थियो । चालु आ.व ०७७/७८ का लागि ठेक्का लगाएकोमा गाउँपालिका अध्यक्ष निकटका व्यक्ति सम्मिलित काठमाडौंको बबरमहलस्थित शिवाको कन्ट्रक्सनले ठेक्का पाए पनि कन्ट्रक्सनले भने सम्झौता नै नगरी महिना दिन अघीदेखि अबैध रूपमा कर संकलन गरिरहेको आरोप छ ।
गत १ कार्तिकमा गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आय संकलन शिलबन्दी ठेक्कामा सबैभन्दा बढी अंक भ्याटबाहेक ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा शिवाको कम्पनिले ठेक्का पाएको थियो ।
आशयपत्र प्रकाशित गरेको सातौँ दिन अर्थात् कार्तिक ७ गतेभित्रमै ठेक्का सम्झौता गरिसक्नुपर्ने प्रावधान भए पनि महिना दिन बितिसक्दा पनि कन्ट्रक्सनले भने अझै ठेक्का सम्झौता गर्ने तरखर गरेको छैन । यद्धपी उक्त कम्पनिका एक प्रतिनिधिले भने यो अरोप स्विकार गरेका छैनन् । उनका अनुसार सबै कागजपत्र गाउँपालिका कार्यालयमा पुगेपनि गाउँपालिकाले ठेक्का सम्झौता अघि बढाएको छैन । ‘नियम कानुन अनुसार काम गर्छौं भन्दापनि दिएनन् । हामीले सबै कागजपत्र बुझाएका छौँ । तर सम्झौता प्रक्रिया अघि बढेको छैन,’ ती प्रतिनिधिले भने ।
उक्त ठेक्कामा, ठेक्का सम्झौता अगावै महिनाँै दिनसम्म संकलन गरेको करबापतको रकम आपसी मिलेमतोमा भागबण्डा गर्ने सर्तमा ठेकेदार कम्पनीलाई रकम भुक्तानी नै नगर्दासमेत गाउँपालिका क्षेत्रभित्रको उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी बालुवा, ग्राभेलको बिक्रीवापतको निर्वाध रूपमा शुल्क उठाउन दिएको युवाहरूले आरोप लगाएका छन् ।
शुल्क उठाउनका लागि ठेक्का पाएको कम्पनीले ठेक्काको सम्झौता नगर्दै कात्तिक सुरुवातदेखि नै गाउँपालिका क्षेत्रभित्र उत्पादित उत्खनन्, तथा संकलन हुने गिट्टी, बालुवा, ग्राभेलको धमाधम बिक्री शुल्क संकलन गरेको छ ।