बानेश्वरमा बैंकका सुरक्षागार्डमाथि खुकुरी प्रहार गर्ने शशी थापा पक्राउ !

बानेश्वरमा बैंकका सुरक्षागार्डमाथि खुकुरी प्रहार गर्ने शशी थापा पक्राउ !

काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको थियो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको छ ।

गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको हो । घाइते मगरलाई विएण्डबी अस्पतालमा उपचार गराइएको थियो ।

Trending News