मतदान शुरु हुनुअघि चन्द्र ढकालको ‘हर्कत’ : भक्तपुरको होटलमा भोज भतेर !

मतदान शुरु हुनुअघि चन्द्र ढकालको ‘हर्कत’ : भक्तपुरको होटलमा भोज भतेर !

काठमाडौं, १० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालले चुनाव जित्न भोजभतेर लगाएको पाइएको छ ।

चुनावी आचारसंहिताविपरित बुधबार भक्तपुरमा जिल्ला अध्यक्षहरूलाई प्रभावित पार्नका लागि भोज भतेर लगाएको आरोप छ ।

ढकालले भक्तपुरमा रहेको होटल यचुमा जिल्ला अध्यक्षहरुलाई पार्टी दिएका हुन् । उक्त होटलका मालिक ठगी आरोपी विवादास्पद कृष्ण प्रसाद ताम्राकार हुन् । उद्योग वाणिज्य महासंघ भक्तपुरका पूर्वअध्यक्ष समेत रहेका ताम्राकारले होटल यचु नै ठगी गरेर आफूले हत्याएका थिए ।

उनै ताम्राकारको संयोजनमा भक्तपुरमा ढकालले जिल्ला अध्यक्षहरुलाई भोज दिएका हुन् । मतदान भन्दा ७२ घन्टाअघि कसैलाई पनि प्रभावित बनाउने प्रकारका सार्वजनिक गतिविधि नमिल्ने भएपनि उनले निर्वाचन आचार संहिताको ठाडो उलंघन गरेका छन् ।


ढकालले मतदाता प्रतिनिधि बनेर आएका सबैलाई प्रभावित पार्न होटलमा भव्य पाटी दिएको बताइन्छ ।

ढकालले भोज भतेरमा आफ्नै प्यानललाई मात्रै बोलाएको स्रोतले बतायो ।

Trending News