विप्लव समुहमा पैसा र यौनको लफडा : दुई समुहको वक्तव्यबाजी !

दियो पोस्ट  

काठमाडौं, १४ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी भित्र आरोप प्रत्यारोपको श्रङ्खला चल्न थालेको छ । पार्टी भित्र चन्दा उठाएको विषयमा विप्लव समुहका नेताहरुबीच वक्तव्य युद्ध भइरहेको छ ।


१० मंसिरमा उपत्यका विशेष व्युरोको लेटरहेडमा विशेष व्युरो ईन्चार्ज बताउने चिरन पुन ‘मिलन’ले एक विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिमा हेमन्त प्रकाश ओलीको सचिवालयमा काम गरेका केदार खतिवडामाथि विभिन्न आरोप लगाइएको छ ।


‘अखिल क्रान्तकारीको १९ औँ राष्ट्रिय सम्मेलनमा चरम गुटबन्दी गरि एउटा सानो झुण्ड सहित तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरेका केदार खतिवडा गत र षडयन्त्रमुलक ढंगले पुन ः हाम्रो पार्टीमा प्रवेश गरि आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टी विरुछपद्ध साँठगाँठ गर्ने पार्टीको सुचना दुश्मनलाई बेच्ने र पार्टीको कतिपय नेतृत्वलाई गिरफतार गराउने जस्ता कार्यमा समलग्न भएको अवस्था देखियो,’ विज्ञप्तिमा भनिएको छ,‘पार्टीमा नदेखाइएको लाखौँ रकम दुश्मनलाई बुझाउन पुगे । आन्तरिक रुपमा आत्मसमर्पण गर्दै चार लाख ५० हजार धरौटी बुझाएको नाटक गरेर रिहा भएपश्चात एक वर्षभन्दा धेरै समय पार्टीमा सम्पर्कमा नै नरहेको निज केदार खतिवडाले अहिले पनि पार्टी विरुद्ध षडयन्त्र मुलक गतिविधि र गुटबन्धी एवं आर्थिक अपचलनमा समलग्न रहेको र जेल भित्र रहनु भएका कमरेडबारे भ्रमपूर्ण प्रचार गर्दै हिँड्ने जस्ता गलत कार्य गरेको पाइएकाले पार्टी पंक्ति, सहयोगी, जनसमुदाय तथा क्रान्तिप्रेमी दाजु भाई––बहिनीहरु निज केदार खतिवडा हाम्रो पार्टीको कुनै आधिकारिक व्यक्ति नभएकाले निजले फैलाएको भ्रममा नपर्न यसै विज्ञप्ति मार्फत सबैमा स्पष्ट पार्न चाहान्छ ।’


मिलनले लेखेको विज्ञप्तिको जवाफमा केदारले फेरी अर्को विज्ञप्त जारी गरेका छन् ।
मिलनले जारी गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको भन्दै केदारले उक्त विज्ञप्तीको खण्डन गरेका छन् । आफूलाई २०७५ साल फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको र झूठा मुद्दा गाएर जेल हालेको उनको भनाई छ । आफूले चार लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसक्दा ६ महिना सम्म जेल जीवन विताएको र परिवारले ऋण गरेर तिरेको उनको स्पष्टिकरण छ ।


उनले आफू पक्राउ पर्दा कमाण्ड कार्यालयको सचिव रहेको र आर्थिक हिसाब किताव थाहा नभएको दाबी गरेका छन् । ‘म पक्राउ पर्दा कमाण्ड कार्यालयको सचिव थिएँ । आर्थिक काम अर्थ विभागले गर्दथ्यो । मलाई दिएको खर्चको हिसाब मैले कमाण्ड कार्यालयमा बुझाएको थिएँ । जसलाई पायो उसलाई हिसाब बुझ्ने होइन । म जेलबाट निष्किएपछि पार्टीको कुनै काम र जिम्मेवारीमा छैन,’ केदारले भनेका छन्,‘म मेरो सात पुस्ते सम्पत्ति विवरण र नैतिक आचरण सहित आम जनसमुदाय समक्ष उपस्थित छु ।’


उनले मिलनमाथि आफ्नो आङको भैँसी नदेख्ने र अरुको आङको जुम्रा पनि देख्ने भन्दै सांस्कृतिक विचलनको ‘यौन सम्बन्धको’ आरोप समेत लगाएका छन् ।

सम्बन्धित खबर