प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिए

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक १५, २०७८ | १७:४३:३०

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका हुन्। प्रदेश सभामा अल्पमतमा परेसँगै आचार्यले पदबाट राजिनामा दिएका हुन् । प्रदेश सभाबाटै उनले राजीनामा घोषणा गरेपनि उनले केहीबेरमा प्रदेश प्रमुखकोमा राजिनामा बुझाउनुपर्नेछ ।

यसअघि उनले विश्वासको मत लिने जनाएका थिए । तर विश्वासको मत नपाउने अवस्था देखिएपछि उनले राजिनामा दिएका हुन् ।

उनको राजिनामासँगै अब प्रदेश एकका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । आचार्यलाई हटाउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरु एक ठाउँमा आएका थिए । मुख्यमन्त्रीमा निर्वाचित भएको २ महिनामै उनी घर फर्किएका हुन् ।

अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो।

विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन भने उनले सकेनन् । पाँच दलिय गठबन्धनमा ५० सांसद रहेका छन् ।

सम्बन्धित खबर