काठमाडौं । नेपाल आयल निगमले फेरी इन्धनको मुल्य बढाएको छ । आज बुधबारदेखि लागु हुने गरि देशैभर पेट्रोल, डिजेल तथा खाना पकाउने ग्याँसको मुल्यबृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्ट्रितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ बढाएको छ ।
अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पर्नेछ । यसैगरी खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ ।
निगमले कात्तिक १२ गतेमात्र इन्धनको भाउ बढाएको थियो ।
तेलको भाउ बढाउँदा पनि निगमलाई १५ दिनमा पौने ३ अर्ब रूपैयाँ घाटा निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
