आखेटोपहारकाे छाला सहित एक जना पक्राउ

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक २८, २०७८ | १८:२६:१०

काठमाडौं । संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) तस्करीमा समलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपेश तिमल्सिना रहेका छन् । वन्यजन्तुकाको छाला अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्दै उनलाई गत शुक्रबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु वरिपरि संरक्षित वन्यजन्तु कस्तुरीको छाला अवैध रुपमा ओसरपसार र अवैध रुपमा बेचबिखन गर्न लागेको सुचनाको आधारमा २८ बर्षिय तिमल्सिनालाई सिआइबीले पक्राउ गरेको हो ।
उनलाई बरामद आखेटोपहार सहित आवश्यक थप कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाण्डौमा बुझाइएको छ ।

सम्बन्धित खबर