काठमाडौंमा विप्लव समुह आक्रमक : ठाउँ ठाउँमा टायर जलाएर विरोध (फोटोफिचर)

diyopost.com
दियो पोस्ट  मंगलबार, कार्तिक ३०, २०७८ | १२:३०:४०

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीको लैनचौर र त्रिपुरेश्वरमा टायर जलाएका छन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि विरुद्ध आन्दोलनमा उत्रिएको नेकपाले मंगलबार नेपालबन्दको आयोजना गरेको हो । उनीहरुले लैनचौरस्थित अस्कल क्याम्पस अगाडी टायर जलाएका छन् ।

त्यस्तै त्रिपुरेश्वरस्थित युनाइटेड ट्रेड सेन्टर अगाडी पनि उनीहरुले टायर जलाएका छन् । काठमाडौंमा बन्दको प्रभाव देखिएको छ ।

 

अरनीको राजमार्गमा पनि बन्दको प्रभाव देखिएको छ । त्यस्तै पृथ्वीराजमार्गमा पनि बन्दको प्रभाव देखिएको हाम्रा संवाददाताले जनाएका छन् ।

सम्बन्धित खबर