काठमाडौं । मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले विवाह गर्ने भएका छन् । उनले झापाको इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन् ।
कुनै समय रत्नपार्कमा भाषण गरेर चर्चामा आइरहने घिमिरे पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छन् । उनले आजै इन्गेजमेन्ट गरेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
उमेर ढल्किँदा समेत अविवाहित रहेका घिमिरेले आजै संग्रौलासँग फूलमाला र औँठी साटाासाट गरेका छन् ।